दीपेन्द्रको चलचित्रमा धिरज ?



चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट नायकको रुपमा डेब्यू गरेका धिरज मगरले गएको महिना चलचित्र ‘आई एम ट्वान्टिवान’ को छायांकन सकेका छन् । यो चलचित्रका लागि २ वर्ष समय दिएका धिरज अब लगातार चलचित्र गर्ने मुडमा देखिएका छन् । उनी बैशाखबाट सुरेन्द्र पौडेलको चलचित्रमा काम गर्दैछन् । यसमा उनको जोडी अभिनेत्री अदिती बुढाथोकीसँग बाँधिएको छ ।

यो चलचित्रपछि धिरज ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले दीपेन्द्रको चलचित्र साइन गरिसकेको जानकारी प्राप्त छ । तर, अहिले छलफलकै चरणमा रहेको दीपेन्द्र बताउँछन् । उनी भन्छन्, ‘धिरजसँग कुराकानी भएको सत्य हो तर साइन भइसकेको छैन । ऊबाहेक अरुसँग कुराकानी पनि भएको छैन । सँगै काम गर्ने मोटामोटी सहमति चाहिँ भएको छ ।’

उनले कात्तिकपछि चलचित्रको छायांकन सुरु हुने बताए । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ । उनका अनुसार, चलचित्र टिपिकल लभस्टोरी हुनेछ । धिरजले महंगो पारिश्रमिकमा यो चलचित्रमा काम गर्न लागेको चर्चा छ । ‘इन्टु मिन्टु लण्डनमा’ पछि अफर आएका चलचित्र नकार्दै आएका उनी अब भने स्क्रिप्ट र भूमिका चित्त बुझे चलचित्र छाड्ने पक्षमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu