डेढ दशक अघिको सुपरहिट चलचित्र ‘हामी तीन भाई’को नाममा पुनः चलचित्र बन्ने भएको छ । अब बन्ने चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । पहिलेको चलचित्रमा भने स्व. शिव रेग्मीको निर्देशन रहेको थियो ।
हाललाई अनौपचारिक रुपमा घोषणा गरिएको यो चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं, सदिक्षा पाण्डे, नरेन्द्र केसी लगायतको अभिनय रहने बताईएको छ । द्वन्द्व हिमाल केसी, छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर, लेखन मनिष गौतम र रिवाज दाहालको रहनेछ । प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई साजित महत ले निर्माण गर्ने भएका हुन् । यो चलचित्रका कार्यकारी निर्माता बिक्रम तामाङ्ग हुन् ।

सन् २००४ मा रिलीज भएको ‘हामी तीन भाई’मा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी लगायतको अभिनय रहेको थियो । मन्दिरमा जुत्ता चोरेर तिनीहरूलाई बेच्दै र भीख माग्दै आफ्नो जीवन चलाईरहेको युवकले दुई अनाथ बालकहरू भेटेपछि आफ्ना भाइहरूको रूपमा ग्रहण गरेको कथा पुरानो चलचित्रमा थियो भने नयाँ चलचित्र पनि पारिवारिक तथा प्रेम कथामा बन्ने बताईएको छ ।




