नयाँ चलचित्र ‘डाँडाको बरपीपल’को छायांकन शुरु हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र बैशाख २२ गतेबाट फ्लोरमा जान लागेको हो ।
शोभित बस्नेतको निर्देशनमा बन्ने यो चलचित्रमा सलोन बस्नेत र रुविना थापाले जोडी बाँध्ने जानकारी प्राप्त छ । सलोन र रुबिनाको साथमा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गराचको पनि अभिनय रहने बताईएको छ ।

पारिवारिक कथामा बन्ने भनिएको यो चलचित्रमा सुशान प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।
७५ दिनको छायांकन तालिका रहेको चलचित्र काठमाडौं, कालाबाङ र से फोक्सुण्डो तालमा खिचिने जनाईएको छ ।




