गरिमाको ‘बेबी बम्प’



बेल्जियम बस्दै आएकी नेपाली नायिका गरिमा पन्तले ‘बेबी बम्प’ फोटो सार्वजनिक गरेकी छन् । वि.सं. २०७७ को अन्तिम दिन पन्तले आफ्नि इन्स्टाग्राम एकाउन्टमा गर्भवति भएका फोटोहरु शेयर गरेकी हुन् । पतिसहित फोटो शेयर गरेकी उनले ‘शृस्टिबाट शृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ भनेर क्याप्शन लेखेकी छन् ।

उनले वि.सं. २०७३ को बैशाखमा मा बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेको जानकारी दिएकी थिईन् । गरिमाले बैवाहिक जानकारी दिनु अगाडी नै आफुले बेल्जियममा व्यापार शुरु गरेको बताएकी थिईन् । केहि वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुगेको समयमा  गरिमा र हरिको भेट भएको बताईन्छ । गरिमासँग दोश्रो बिवाह गरेका हरि नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।

गरिमाले वि.सं. २०७० मा रिलीज भएको फिल्म ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् ।

ठुलोपर्दा डटकमको तर्फबाट गरिमा र उनका पति हरिलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu