असार २५ मा ‘दुष्प्रयास’ रिलीज हुने



काठमाडौं। महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्द आवाज उठाइएको भनिएको नेपाली चलचित्र ‘दुष्प्रयास’ले रिलीज मिति सार्वजनिक गरेको छ । चलचित्र आगामी असार २५ गते रिलिज हुने भएको छ । यो चलचित्रको फर्स्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो ।

रिता देवी मुभिजद्वारा निर्माण गरिएको चलचित्रको मंगलबार राजधनीमा नेकपा माओवादी स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरे । कार्यक्रममा चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै रिलिज गर्ने बताए ।

फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ । सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu