नेपाल र अफ्रिकाको चलचित्रको बारेमा बहस हुने



‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ) यही १० बैशाखदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सव नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सव हुँदै आएको छ ।

यस महोत्सवमा नेपाल र अफ्रिकाको चलचित्र एवं संस्कृतिको बारेमा एक दिने बहस हुनेछ । बहसमा नेपाल र अफ्रिकाबाट आएका चलचित्रकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी सांस्कृतिक आदन-प्रदानका लागि विगत नौ वर्षबाट यो महोत्सव आयोजना गर्दै आएको बताएकी छिन् ।

मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी चलचित्र बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ । अफ्रिकी मुलुकका चलत्रि निर्माण शैली र नेपाली चलचित्र निर्माण शैली, नेपाली चलचित्रमा सांस्कृतिक अवस्थालगायतका विषयमा पनि बहस हुने भएको छ । महोत्सवको अन्तिम दिन नेपाली र अफ्रिकन चलचित्रको बारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सव कोभिड १९ कारण बैशाखमा आयोजना गर्न लागिएको हो । नेपाल अफ्रिका फिल्म फेस्टिभलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । महोत्सवमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सव, अफ्रिकी पहिरन प्रदर्शन, नेपाली र अफ्रिकी सांस्कृतिक झाँकी प्रस्तुत हुने पनि बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu