नयाँ चलचित्रको तयारीमा विकासराज आचार्य



भेट्रान निर्देशक विकासराज आचार्य लकडाउन हुनुभन्दा अगावै चलचित्र ‘नाईं नभन्नू ल ६’ निर्माणको तयारीमा थिए । चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेर स्क्रिप्टमा बसेका उनी अहिलेसम्म छायांकनमा निस्कन सकेका छैनन् । सेड्रिना ठूलो भएपछिको भूमिकामा अभिनय गर्ने अभिनेत्रीको खोजीमा रहेका उनले तत्काल यो चलचित्रको निर्माण नगर्ने भएका छन् ।

आइतवार आफ्नो जन्मदिन मनाइरहेका उनी ‘नाईं नभन्नू ल ६’ भन्दा अगाडि अर्को चलचित्र बनाउने तयारीमा छन् । थोरै लगानीमा सानो टिम लिएर नयाँ चलचित्र बनाउन लागेको उनले बताए । उनले भने- ‘कोरोनाको भयले कहिलेसम्म यतिक्कै बस्ने रु यो अवस्थामा चलचित्र क्षेत्रलाई चलायनमान बनाउनु चलचित्रकर्मीको दाहित्व हो । त्यसैले सानो टिम लिएर चाँडै छायांकनमा निस्कन्छौं ।’

चलचित्रमा दुई जनाको मुख्य भूमिका र सहायक कलाकार एकदमै थोरै रहने उनको भनाई छ । समय अनुकूलको कथामा बन्न लागेको चलचित्रको छायांकन अवधि पनि छोटो हुने उनले बताए । निर्देशनमा आउनुभन्दा अगाडि दर्जनौं चलचित्रको पटकथा तथा संवाद लेखेका उनले ‘नाईं नभन्नू ल’ सिरिजबाहेक ‘नसिब आफ्नो, म तिम्रो भइसकेँ, हजार जुनीसम्म’ चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu