धिरज र अदितीको ‘बाबरी’ छायांकन सुरु



सोमवारबाट अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका रहने चलचित्र ‘बाबरी’ को छायांकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै निर्माण टिमले चलचित्रको छायांकन सुरु गरेको हो । ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले चलचित्रको क्याप्टेनसिप सम्हालेका छन् । दुई साता पूर्वका विभिन्न स्थानमा छायांकनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्नेछ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने चलचित्रमा धिरज र अदितीसँगै अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि अभिनय रहनेछ । उनले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । हाल मुम्बईमा रहेका उनले एक हप्तापछि सुटिङ ज्वाइन गर्ने बताइएको छ । ‘बाबरी’ मा तृप्ती नाडकरको पनि अभिनय रहनेछ । उनले आमाको भूमिका निर्वाह गर्ने निर्देशक पौडेलले बताए ।

४० दिनको छायांकन सेड्युल राखिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । एन्जिला खत्रीको कोरियोग्राफी रहने चलचित्रको गीतमा कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंले संगीत भरेका छन् । यो चलचित्रको गत वर्ष नै छायांकनको तयारी गरिएको थियो । तर, कोरोनाका कारण देश लकडाउन भएपछि चलचित्रको छायांकन सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu