‘बाबरी’ मा अदिती निर्मात्री पनि



अभिनेत्री अदिती बुढाथोकीले चलचित्र ‘कृ’ रिलिजको तीन वर्षपछि नयाँ चलचित्रमा काम गरेकी छन् । सोमवारबाट छायांकन सुरु भएको चलचित्र ‘बाबरी’ मा उनको मुख्य भूमिका छ । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । यो चलचित्र अदितीको होम प्रोडक्सन कम्पनी बाबरी फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

चलचित्रमा अदितीकी आमा पुष्पा अधिकारी बुढाथोकी निर्मातामा छिन् । चलचित्रमा घरको लगानी भएकाले अदितीमाथि अभिनेत्रीसँगै निर्मात्रीको जिम्मेवारी पनि थपिएको छ । जसले गर्दा उनले अब अभिनयका साथै चलचित्रलाई उत्कृष्ट बनाउन पनि मिहिनेत गर्नुपर्नेछ । तीन वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका कारण उनी चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

अदितीकी आमा पुष्पाले छोरी अभिनयमा सक्रिय भएका कारण चलचित्र निर्माणमा होमिएको बताएकी छन् । उनी भन्छिन्, ‘छोरी यही फिल्डमा भएकाले अहिले नै सुरु गर्‍यौं भने पछि चलचित्र मेकिङमा सजिलो हुन्छ भनेर हात हालेका हौं । छोरीले मुम्बईमा पनि काम गरिरहेकी छिन् । पछि उनी नेपाल आएर चलचित्र मेकिङ गर्दा पनि सजिलो होस् भनेर अहिलेदेखि सुरुवात गरेका हौं ।’

अब चलचित्र निर्माणलाई निरन्तरता दिने उनको सोच छ । प्रोडक्सन हाउसले अदितीले अभिनय गर्ने चलचित्रमा मात्र लगानी नगर्ने उनी बताउँछन् । उनी अगाडि भन्छिन्, ‘यो त हाम्रो सुरुवात हो । हामीलाई चलचित्र मेकिङको बारेमा धेरै ज्ञान छैन । यो चलचित्रबाट बुझ्न र सिक्न पनि पाइनेछ । पछि राम्रो हुँदै गयो भने हामीले बनाउने चलचित्रमा अदिती मात्र हुन्छ भन्ने छैन । सबैलाई समेट्छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu