केकीलाई कोरोना भएपछि ‘घिन्ताङ’ छायांकन रोकियो



अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । चलचित्र ‘घिन्ताङ’ को छायांकनमा निस्कनका लागि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएपछि उनी सोमवारबाट होम क्वारेन्टाइनमा छिन् । उनमा कोरोनाको कुनै खालको लक्षण देखिएको छैन । यसअघि पनि उनलाई कोरोना संक्रमण भएको थियो ।

केकीलाई कोभिड भएपछि चलचित्र ‘घिन्ताङ’ को छायांकन पोस्टपोन्ड गरिएको छ । केकीले एक हप्तामा पुनः पीसीआर परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए छायांकन सुरु गर्ने निर्देशक दीपक श्रेष्ठले बताए । चलचित्रमा अभिनेता गौरव पहारीको पनि मुख्य भूमिका रहनेछ । नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहने चलचित्रको प्रस्तुतकर्तामा राज लामा रहेका छन् ।

यो चलचित्र अभिनेत्री हेरफेरका कारण चर्चामा छ । सबैभन्दा पहिला चलचित्रमा अभिनेत्री एलिजा गौतम अनुबन्ध भएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले पिता विरामी भएको कारण देखाउँदै चलचित्र छाडेपछि अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भएको थियो । तर, उनले पनि अर्को चलचित्रसँग सेड्युल जुध्ने भएपछि ‘घिन्ताङ’ छाडिन् । यसपछि चलचित्रमा केकी अनुबन्ध भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu