सिनेमा हल बन्द भए पनि रोकिएन चलचित्रको छायांकन



नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले मानिसहरुको अत्याधिक भीडभाड रहने सिनेमा हलसहित विभिन्न क्षेत्रलाई बैशाख मसान्तसम्म बन्द गर्ने निर्माण गरेको छ । यसअघि पनि सरकारले कोरोनाका कारण ९ महिना सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । तर, गत पुष १० गते हल व्यवसायीहरुले सरकारको निर्णय अटेर गर्दै सिनेमा हल खोल्ने निर्णय गरेका थिए ।

सरकारले भने माघ २६ गते ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । यसपछि केही नेपाली र विदेशी चलचित्र प्रदर्शनमा आए । तर, कुनैले हलसम्म दर्शक तान्न सकेन । दर्शक नहुँदा पनि तीन महिना जेनतेन चलेका सिनेमा हल कोरोनाका कारण फेरि बन्द भएपछि हल व्यवसायीहरुको करोडौंको लगानी जोखिममा परेको छ भने चलचित्र क्षेत्रको भविष्य नै अन्योल बनेको छ ।

सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपनि चलचित्रको छायांकनमा प्रतिबन्ध लगाएको छैन । जसले गर्दा निर्माताहरु चलचित्रको छायांकन रोक्ने मूडमा छैनन् । कोरोनाको कहरबीच पनि दिनहुँँ कुनै न कुनै चलचित्र छायांकन निस्किरहेका छन् । सोमवारबाट एकसाथ दुई चलचित्र ‘बाबरी र प्रेमगन्ज’ ले छायांकन सुरु गरे । दुई हप्तादेखि चलचित्र ‘बिहे पास’ को पनि छायांकन भइरहेको छ ।

‘गोर्खा वारियर २, क्रसरोड्स–कथा तिम्रो र मेरो’, अनन्त’, अभियान’, जार’ लगायतका चलचित्र पनि यतिबेला छायांकनमा छन् । त्यस्तै, अबको एक हप्तामा चलचित्र ‘घिन्ताङ’ र ‘कबड्डी ४’ पनि छायांकनमा निस्कनका लागि तयारी अवस्थामा छन् । निर्देशक विकासराज आचार्य पनि यही महिनाभित्र नयाँ चलचित्रको छायांकन सुरु गर्ने योजनामा छन् । खुलेको तीन महिनामै पुनः सिनेमा हल बन्द भएपछि निराशा छाएको चलचित्र क्षेत्रमा कोरोनाका बावजूद पनि चलचित्रको सुटिङ नरोकिँदा आशाको किरण पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu