‘कबड्डी ४’ मा नहुने भए रिश्मा, निश्चल र उपासना



निर्देशक रामबाबु गुरुङ यतिबेला चलचित्र ‘कबड्डी’ को फाइनल म्याचको तयारीमा छन् । अब यो चलचित्रले उठाउँदै आएको कथालाई विट मारिनेछ । ‘कबड्डी ४’ नाम राखिएको चलचित्रको बैशाख अन्तिमबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको प्रदर्शन मिति आउँदो असोज १५ गतेलाई घोषणा गरिएको छ । चलचित्रका लागि कलाकारहरु फाइनल भइसकेका छन् ।

‘कबड्डी’ को अन्तिम सिरिज भएकाले चलचित्रमा पहिलो पार्टदेखि तेस्रो पार्टसम्म अभिनय गर्ने सबै कलाकार दोहोरिने बताइएको थियो । तर, चलचित्रमा ‘कबड्डी’ सिरिजका केही प्रमुख कलाकारको अभिनय नरहने भएको छ । तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टका नायक निश्चल बस्नेत र तेस्रो सिरिजकी नायिका उपासना सिंह ठकुरी चलचित्रमा नहुने भएका छन् ।

निर्माता मणीराम पोखरेलले चलचित्रको कथाअनुसार निश्चल, रिश्मा र उपासना नदोहोरिएको बताए । ‘कबड्डी’ को तेस्रो सिरिजमा मुख्य भूमिका निर्वाह गरेका विल्सन विक्रम राई र कर्माको पनि चलचित्रमा अभिनय रहने छैन । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामाको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu