नेपालमा कोरोना संक्रमण भयावह रुपमा बढ्न थालेपछि यसको चपेटामा कलाकारहरु पनि पर्न थालेका छन् । केही दिनअघि कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भयो । अहिले उनी घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । त्यस्तै, अभिनेत्री केकी अधिकारीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । तर, तीन दिनपछि पुनः पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण देखिएन ।

मदनकृष्ण र केकीलाई कोरोना संक्रमण भएपछि अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बसेकी छन् । मदनकृष्ण र केकीलाई कोरोना पुष्टि हुनुभन्दा दुई दिन अगाडि उनीहरुसँग करिश्माले एक म्यूजिक भिडियोमा एकसाथ काम गरेकी थिइन् । यही कारण उनले कोरोनाको कुनै लक्षण नदेखिए पनि केही दिन एकान्तमा बस्ने निर्णय लिएकी हुन् । उनले फेसबुकमार्फत् यसबारेमा जानकारी दिएकी छन् ।
हाल प्लस टूमा अध्ययनरत करिश्माले चलचित्रमा अभिनय नगरेको वर्षौं भइसकेको छ । यतिबेला उनी नयाँ छोरी कविता मानन्धरलाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । ‘बनवास’ नाम राखिएको चलचित्रमा सरोज खनालको पनि अभिनय रहनेछ । करिश्माले चलचित्रबाट आएका प्रस्तावहरु अस्वीकार गर्दै आए पनि म्यूजिक भिडियोमा भने बाक्लै काम गरिरहेकी छन् ।




