कोरोना असर : ‘निफ’ अनलाइन माध्यमबाट हुने



नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यसपटक अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना संक्रण बढ्दैै गएका कारण सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइनबाट हुन लागेको हो । सरकारको निर्देशन अनुसार नै सम्पूर्ण मापदण्ड अपनाएर फेस्टिभलको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

फेस्टिभलमा सहभागी चलचित्रलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । यो समयमा अनलाइनमार्फत फेस्टिभल गर्दा दर्शकले अझै बढी लाभ लिन सक्ने उनको भनाई छ । फेस्टिभलका विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने उनले बताए ।

बैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर चलचित्रबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागीता जनाउँदैछन् । यो वर्ष कोरोना महामारीको विषयमा बनेका चलचित्रलाई पनि अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोभिडले पारेको प्रभावमा बनेका चलचित्रले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट चलचित्रलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu