सुरु भयो ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’



कोरोनाको कहरबीच सरकारले जारी गरेको सुरक्षाको मापदण्ड अपनाउँदै शुक्रवारबाट काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) शुक्रवारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको फेस्टिभलको परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन ‘नाफ’ ले सहयोग गर्ने विश्वास व्यक्त गरे । महोत्सवमा देखाइने फिल्मले अफ्रिकी मुलुकको भाषा तथा संस्कृति बुझ्न सघाउने उनको भनाई छ । नेपालको कला, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउन फेस्टिभलहरुको ठूलो भूमिका रहने भएकाले सरकारले यस विषयमा दूतावासहरुसँग छलफल गर्ने उनले आश्वासन दिए ।

यस महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले तीन दिने महोत्सवमा नेपाल र अफ्रिकाको चलचित्र एवम् संस्कृतिको बारेमा बहस हुने जानकारी दिइन् । उनका अनुसार, फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी चलचित्र बजारमा पारेको प्रभावबारे पनि कार्यशाला हुनेछ । फेस्टिभलका निर्देशक तथा संचारकर्मी डब्बु क्षत्रीले महोत्सवमा नेपालबाट ७ वटा चलचित्र चयन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu