उमासँग आकाशको चोखो प्रेम (भिडियो)



द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूख अतिथी र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथी रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथीहरुको उपस्थिती रहेको छ ।

उमा गिरी ‘बेबी’ निर्मात्री रहेको भिडियोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुबै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र विछोडको चरणलाई देखाइएको छ । नेपाली सेनाहरु आफ्नो परिवारलाई छोडेर देशका लागि बलिदान दिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ ।

भिडियोमा नेपाली सेनाको भुमिकामा आकाश अधिकारी देखिएका छन् । गीतले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्गे गरि प्राकृतिक सौन्दर्यतालाई समेत प्रस्तुत गरेको छ । रारा ताल आसपास छायाँकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भन्दै विशेष अतिथी दयाराम दाहालले शुभकामना व्यक्त गरे । उनले कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस्तै खालको कार्यक्रमहरुको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरु बनाईरहन आह्वान गरे ।

यस्तै, आम नेपाली सेनाहरुको कथालाई समेटिएर निर्माण भएको गीत निकै राम्रो भएको र राष्ट्रिय गीतको रुपमा रहने दावी गर्दै प्रमूख अतिथी शेखर गोल्छाले शुभकामना व्यक्त गरे । उनले नेपाली चलचित्र क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता दिदै गीतको सफलताको लागि शुभकामना व्यक्त गरे । गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमाको अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले संगीतवद्ध गरेका छन् । समीर बलामीले संचालन गरेको भिडियो गीत सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी र विशेष अतिथीको हातबाट सहयोगी र भिडियोका टिमलाई कदर पत्र समेत प्रदान गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu