२०७२ सालमा गएको भूकम्पले ध्वस्त भएको नेपालको गौरव धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको बैशाख १२ गतेको अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे । बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको हो । भूकम्पले ढलेको धरहरा उठेकोमा आम नेपालीले खुसीयाली मनाएका छन् ।

अभिनेत्री गौरी मल्लले धरहराले पुनः एकपटक शाानले आफ्नो शिर ठाडो बनाउन सक्षम भएकोमा खुसी व्यक्त गर्दै धरहरा उठे पनि आफ्नो ओठमा गर्वको मुस्कान नभएको बताएकी छन् । धरहरा उद्घाटनपछि उनले फेसबुकमा लेखेकी छन्, ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशबासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’
उनले प्रश्न गर्दै अगााडि लेखेक छन्, ‘हरेक कोण कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने ? धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?’ अभिनेत्री मल्लले पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट विभिन्न विषयमा आफ्ना भनाईहरु राख्दै आएकी छन् । अहिले उनी चलचित्र ‘डाँडापारीको बर पिपल’ को छयांकनमा व्यस्त छिन् ।




