अनुप बरालको ‘दोख’ गीत रिलिज (भिडियो)



अनुप बरालको निर्देशनमा बनेको चलचित्र ‘दोख’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘रातैले बुन्छ’ बोलको गीत आइतवार सार्वजनिक गरिएको हो । गीतमा झुमा लिम्बुको स्वर, श्रवन मुकारु मुकाङको शब्द रचना र पुष्पासंगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत विम्बात्मक पनि छ । चलचित्रले द्वन्द्वकालको कथा भन्ने गीतले प्रस्ट्याउँछ ।

६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि चलचित्र प्रदर्शन गर्ने निर्देशक बरालले बताएका छन् । भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको चलचित्रमा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे लगायतको अभिनय रहेको छ ।

शैलेन्द्र डी कार्कीले छायांकन गरेको चलचित्रमा राजन कठैतको कथा तथा पटकथा छ । द्वन्द्वकालमा नेपालका विभिन्न भूभागमा घटेका घटनाको संयोजनबाट बुनिएको फिक्सनल स्टोरी चलचित्रमा भएको निर्देशक बरालको भनाई छ । गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर, पोलिटिक्स र रिभेन्जको अनौठो तानाबुना चलचित्रमा बुनिएको उनले बताए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu