‘तिमीसँगै हुने मन छ’ को छायांकन अन्योल, मुम्बई फर्किए रोहित



सरकारले बैशाख मसान्तसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरे पनि छायांकन भने धमाधम भइरहेका छन् । अहिले आधा दर्जन चलचित्र फ्लोरमा छन् । जसले चलचित्र क्षेत्रमा एउटा आश जगाएको थियो । तर, बैशाख १६ गतेबाट निषेधाज्ञा लाग्ने भएपछि चलचित्रको छायांंकन प्रभावित हुने भएको छ । निर्माणको तयारीमा रहेका चलचित्रको पनि छायांंकन रोकिएको छ ।

निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट चलचित्र ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि चलचित्रको छायांकन पोस्टपोन्ड गरिएको छ । चलचित्रका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो । तर, प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेर छायांकनमा निस्कने बेला कोरोना भिलेन बन्यो ।

पोखरालाई छायांकन स्थल तोकिएको चलचित्रको कोरोनाका कारण सुटिङ गर्न सम्भव नभएपछि भारतबाट आएको टिम २० दिन नेपाल बसेर मुम्बई फर्किएको छ । निर्देशक भट्टराई भन्छन्, ‘अझै १५ जनाको टिम मुम्बईबाट आउनुपर्ने थियो । तर, लकडाउन भयो भने गाह्रो हुन्छ भनेर जेठसम्मका लागि सुटिङ रोकेको छु । तर, यस्तो स्थिति छ, जेठबाट पनि के सुटिङ गर्न सकिएला र ?’

शहरीय क्षेत्र र भीडभाडमा चलचित्र खिच्नु पर्ने भएकाले यस्तो अवस्थामा छायांकन गर्न नसकिएको उनी बताउँछन् । १२ जनाको टिमलाई झण्डै एक महिना होटलमा राख्दा ठूलो खर्च भएको उनले बताए । चलचित्रमा रोहितसँग अभिनेत्री दीपिका प्रसाईंले रोमान्स गर्दैछिन् । चलचित्रमा नाजिर हुसेनको पनि अभिनय रहनेछ । चलचित्रमा छायाँकारदेखि कोरियोग्राफरसम्म बलिउडकै हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu