अभिनेता तथा गायक प्रशान्त तामाङकी आमाको निधन भएको छ । उनकी आमा रुपा तामाङको कोरोना भाइरसका कारण निधन भएको जानकारी प्राप्त छ । दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण निधन भएकाले प्रशान्तले अन्तिम पटक आमाको मुख समेत हेर्न पाएनन् । आमाको निधनले उनी विक्षिप्त भएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’
प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनी आमासँँग निकै नजिक थिए । उनले आफ्नो हातमा ‘आमा’ शब्दको ट्याटु समेत खोपाएका छन् । गत वर्ष प्रशान्त चलचित्र ‘परदेशी २’ को छायांकनका लागि नेपाल आएका थिए ।