नयाँ चलचित्रको तयारीमा आकाश र उमा



निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्मात्री उमा गिरीको पहिलो पटक चलचित्रमा सहकार्य हुने भएको छ । केही दिन अगाडि सार्वजनिक भएको ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतमा अनस्क्रिन रोमान्स गरेका उनीहरुले मिलेर नयाँ चलचित्र बनाउन लागेका हुन् । उमाका अनुसार, अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ । चलचित्रलाई नेपाल र सिक्किममा खिचिने उनले बताइन् ।

द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई आकाश स्वंयले निर्देशन गर्नेछन् । चलचित्रको बारेमा उमा भन्छिन्, ‘हामीले चलचित्रका लागि लोकेशन हेरिसकेका छौं । केही दिनमा फेरि आकाशजी लोकेशन फाइनल गर्न सिक्किम जाँदै हुनुहुन्छ । स्थिति सामान्य भएपछि छायांकनमा निस्कने तयारीमा छौं । अहिले स्क्रिप्टलाई बलियो बनाउन मिहिनेत गरिरहेका छौं ।’

चलचित्रमा उमाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । तर, उमाकी छोरी शिवानी चलचित्रमा मुख्य भूमिकामा हुन सक्ने प्रवल सम्भावना छ । यस विषयमा उनी भन्छिन्, ‘चलचित्रमा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ । दुवैको राम्रो क्यारेक्टर छ । तर, चलचित्रमा शिवानीको अभिनय हुन्छ वा हुँदैन भनेर अहिले नै भन्न सक्दिनँ । उनलाई सुहाउने क्यारेक्टर भए हुन पनि सक्छिन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu