सुपुष्पा र रौनकले गरे इन्गेजमेन्ट



चलचित्र ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पा भट्टले प्रेमी रौनिक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौंको गैरीधारास्थित ‘सिल्भर वक बैंक्वेट’ मा सम्पन्न इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।

एक वर्षदेखि प्रेममा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने जानकारी प्राप्त छ । रौनक ‘कबड्डी’ चलचित्रका निर्माता समेत हुन् । उनीहरु बैशााख १७ गते इन्गेजमेन्ट गर्ने तयारीमा थिए । तर, सरकारले कोरोनाको जोखिम बढेको भन्दै १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि उनीहरुले बुधवार इन्गेजमेन्ट गरेका हुन् ।

‘रणवीर’ पछि सुपुष्पाले चलचित्र ‘छ माया छपक्कै र चपली हाइट ३’ मा काम गरेकी थिइन् । ‘चपली हाइट ३’ प्रदर्शनको पखाईमा छ । रौनक भने पछिल्लो समय चलचित्र निर्माणमा सक्रिय छैनन । उनले विभिन्न व्यवसायमा हात हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu