शिवानीले होम प्रोडक्सनको चलचित्र मात्र गर्ने



स्टार किड्स हुन्, शिवानी गिरी । उनकी आमा नेपाली चलचित्रकी अभिनेत्री तथा निर्मात्री हुन् । उनले घरकै चलचित्र ‘कहिँ कतै’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । बाल्यकालदेखि अभिनयमा रुची रहेकी शिवानीलाई डेब्यू चलचित्रबाट ठूलो आश थियो । तर, चलचित्रले आशातित सफलता हात पार्न सकेन । चलचित्रको कथावस्तु र प्रस्तुतीकरण अत्यन्त फितलो थयो ।

शिवानीले अभिनयमा केही आश देखाए पनि चलचित्रको असफलताले उनको करिअरमा ठूलो धक्का दियो । यसपछि उनले नयाँ चलचित्रमा काम गरेकी छैनन् । अब उनले होम प्रोडक्सनभन्दा बाहिरको चलचित्र नगर्ने भएकी छन् । उनकी आमा उमा गिरीले छोरीको लक्ष्य अभिनेत्री बन्नु नरहेको बताइन् । बलिउड चलचित्रबाट अफर आउँदा समेत शिवानीले नगरेको उनको भनाई छ ।

छोरीको बारेमा उनी भन्छिन्, ‘उनको सोच के छ भने अब चलचित्र नगर्ने । होम प्रोडक्सनमा राम्रो खालको क्यारेक्टर भए काम गर्ने तर अरु ब्यानरको चलचित्र नगर्ने उनले निर्णय गरिसकेकी छन् । उनलाई बलिउड चलचित्रबाट पनि प्रस्ताव आएको थियो तर रिजेक्ट गरिनँ । केही समय अगाडि उनले इन्डियामा मेकअप स्टूडियो खेलेकी छन् । उनको लक्ष्य नै यही थियो, जुन पूरा गरेकी छन् ।’

उमा गिरी चाँडै निर्देशक आकाश अधिकारीसँग मिलेर नयाँ चलचित्र बनाउने तयारीमा छिन् । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ । नेपाल र सिक्किममा खिचिने चलचित्रमा शिवानीको अभिनय रहने प्रवल सम्भावना छ । उनले केही भारतीय सिरियल र म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छन् । अब उनले मेकअपको दुनियाँमा आफूलाई स्थापित गर्न खोजेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu