२९औं वर्षमा लागिन् पूजा



अभिनेत्री पूजा शर्मा शुक्रवारबाट २९ वर्षकी भएकी छन् । २०४९ बैशाख १७ गते सिन्धुपाल्चोकमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट शुभचिन्तक तथा फिल्मकर्मीहरुले ‘बर्थ-डे विस’ गरिरहेका छन् । उनको हरेक वर्षको जन्मदिन फ्यानहरुले विशेष तरिकाले मनाउने गरेका थिए । तर, यसपाली कोरोनाका कारण उनले परिवारसँग मात्र जन्मदिन मनाउँदैछिन् ।

पूजाले चलचित्र ‘थ्रि लर्भस’ बाट अभिनय करिअर सुरु गरेकी हुन् । यसमा अभिनेत्री प्रियंका कार्की लिड रोलमा थिइन् भने पूजा सहायक भूमिकामा । उनले लिड अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो चलचित्र भने ‘मधुमास’ हो । यसपछि उनले ‘मेरो बेस्ट फ्रेन्ड, अझै पनि, चंखे शंखे पंखे’ चलचित्रमा काम गरिन् । तर, त्यसबेलासम्म उनले सफलताको सुख प्राप्त गर्न सकेकी थिइनन् ।

२०१५ मा प्रदर्शन भएको सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ ले भने उनको करिअरको रुपरेखा नै बदल्यो । चलचित्र बक्सअफिसमा ठिकठाक चले पनि पूजाले नसोचेको सफलता हात पारिन् । यो चलचित्रमा उनले निर्वाह गरेको चुलबुले स्वभावको ‘गीत’ क्यारेक्टर अझैसम्म दर्शकको मनमा बसेको छ । यही चलचित्रबाट प्रदीप खड्का पनि ‘स्टार’ को रुपमा उदाएका थिए ।

पूजाको करिअरको सबैभन्दा सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ हो । यो चलचित्रको बक्सअफिस आँकडा उनले अभिनय गरेका अरु चलचित्रले छुन सकेका छैनन् । ‘रामकहानी र पोइ पर्‍यो काले’ बाट अपेक्षित सफलता हासिल गर्न नसकेकी उनलाई अब प्रदर्शनको पखाईमा रहेका ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र सम्झना विर्सना’ चलचित्रबाट ठूलो आश छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu