बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्मित चलचित्र ‘डाँडाको बर पीपल’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘रुन्छ नी मेरो मन’ बोलको गीतमा राजेशपायल राई र सत्यकला राईको स्वर रहेको छ भने शिव मुखियाले संगीत भरेका छन् । गीतको भिडियोमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचरिङ छन् ।

गीतमा माता-पिताप्रति सन्तानको प्रेमभाव व्यक्त गरिएको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्रमा रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका छ । पारिवारिक कथामा निर्माण भएको चलचित्रका निर्देशक शोभित बस्नेत हुन् ।
चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रचना रहेको छ । ‘डाँडाको बर पीपल’ मा शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि सँगै काम गरेका हुन् ।
भिडियो :-




