चलचित्र ‘परदेशी २’ बाट नायक बन्न लागेका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर परीक्षण गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए । उनी अहिले होम आइसोलेसनमा छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिएका छन् । उनले कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’




