सामान्य रूघालाई घरमै निको पारौँ : वर्षा सिवाकोटी



अभिनेत्री वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं । सामान्य रूघालाई घरमै घरेलु उपचारबाट निको पारौँ । नियमित रूपमा तातो पानी खाऔँ ।’

उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा माक्स तथा सेनिटाइजर प्रयोग गर्न आग्रह गरेकी छन् । ‘कुनै पनि शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरुभन्दा पर बस्नुहोला । स्वास्थ्य जटिल बन्दै गए मात्र अस्पताल जानुहोला । यो लकडाउको समयलाई भार हैन, आभार सम्झनुहोला । आज सजक भयौं भने भोलि सहज हुन्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

लकडाउन अन्त्यपछि चलचित्र ‘परदेशी २’ को छायांकन सकेकी वर्षाले गत चैतमा चलचित्र ‘ए साथी सुन’ को पनि छायांकन पूरा गरेकी थिइन् । गत चैत अन्तिम साता उनी अभिनीत चलचित्र ‘श्री’ हलमा प्रदर्शन भएको थियो । उनी अभिनीत चलचित्र ‘लक्का जवान र मनसँग मन’ भने कोरोनाका कारण प्रदर्शनमा आउन सकेका छैनन् । अहिले उनको पाइपलाइनमा चलचित्र ‘गोर्खा वारियर’ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu