कलाकारद्वारा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा



कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अक्सिनजनसहितको एम्बुलेन्स अभाव हुन थालेको खबर बाहिर आएसँगै कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोगी हात अगाडि बढाएका छन् । अभिनेता निखिल उप्रेती, कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), पाइलट तथा कलाकार विजय लामा लगायतका व्यक्तिले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् ।

नीजि सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरिएको छ । अहिलेको समयमा सहयोगका चिजहरु खोजी-खोजी निकाल्नु पर्ने निखिल उप्रेती बताउँछन् । निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्दै उनले सञ्चारकर्मीसँग भने, ‘अप्ठ्यारो अवस्थामा सहयोग पुर्‍याउनु मानवताको पहिलो कर्तव्य हो । त्यसैले संकटको समयमा सेवा पुर्‍याउने भावना सबैले राख्नुपर्छ ।’

उनले देश कोरोना सँगसँगै नराम्रो राजनीतिकको रोगले पनि ग्रसित रहेको बताए । उनी अगाडि भन्छन्, ‘हामी जबसम्म बुझ्न सक्दैनौं तबसम्म राजनीतिकको रोग निको पार्ने भ्याक्सिन कहिल्यै बन्दैन । त्यसैले यो बेला सरकारको मुख हेर्ने वा विरोध गर्नेभन्दा कोरोना महामारीले निम्त्याएको संकटलाई कसरी पार लगाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । सरकारसँग पछि लड्दै गरौंला ।’

त्यस्तै, कलाकार केदार घिमिरेले १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि सुरु भएको अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर हुनेलाई ठूलो राहत मिल्ने बताए । उनले संकटको घडीमा अनावश्यक रुपमा अक्सिजन ग्यासको जोह नगर्न र शरीरलाई पर्याप्त मात्रामा अक्सिजन चाहिने हुँदा भीडभाडमा मात्र मास्क लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu