रोकियो ‘बाबरी’ को छायांकन



अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीले पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको चलचित्रको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीको भनाई छ । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनले बताइन् ।

उनले भनिन्, ‘हामी पूर्वमा छायांकन सकेपछि उतैबाट सिक्किम जाने तयारीमा थियौं । तर, सरकारले कोरोनाका कारण भारतसँगको नाका बन्द गरेपछि नेपालको छायांकन (गीतबाहेक) सकेर काठमाडौं फर्किएका छौं । अब भारतसँगको नाका खुलेपछि बाँकी छायांकनका लागि सिक्किम जानेछौं ।’ पुष्पा, अदितीकी आमा हुन् । चलचित्र निर्माणमा उनको पहिलो अनुभव हो ।

‘बाबरी’ मा नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका छ । उनी एक हप्ता अगाडि चलचित्रको छायांकनका लागि नेपाल आएका थिए र सोमवार स्वदेश फर्किँदैछन् । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu