अमेरिकी आइडलको उत्कृष्ट सातभित्र दिवेश



दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकी आइडलको उत्कृष्ट सातभित्र परेका छन् । अघिल्लो संस्करणमा पनि उनले १०, ७, ५ हुँदै रनरअपसम्मको यात्रा तय गरेका थिए । आफू टप ७ मा पर्न सफल भएकोमा आर्थरले भोट गर्ने दर्शक र अमेरिकन आइडललाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा गीत गाउँदै गरेको समयको फोटो राख्दै उनले अमेरिकन आइडलको स्टेजमा फेरि उक्लने कुरा आफूले सपनामा पनि नचिताएको बताएका छन् । वैशाख ६ मा दिवेशले अमेरिकन आइडलको १९औं संस्करणमा कमब्याक प्रस्तुति दिएका थिए ।

सो दिन उनले गो गो डल्सको ‘आइरिस’ बोलको गीत गाएका थिए । तीनै निर्णायक लियोनल रिची, केटी पेरी, ब्रायनले दिबेशको गायनको प्रशंसा गरेका थिए । कोरोना महामारीका कारण अडिसन लगायतका कार्यक्रम प्रभावित भएपछि अमेरिकी आइडलले गत वर्षका १० जना प्रतिस्पर्धीलाई पुनः गायनको मौका दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu