कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै पल



अभिनेता पल शाहले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । देशैभर कोरोना संक्रमण दर बढेका कारण अस्पतालहरुमा अक्सिजनका सिलिन्डर अभाव हुन थालेको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् । अहिले अक्सिजनका सिलिन्डर संकलनको काम भइरहेको र केही दिनमै निःशुल्क अस्पताललाई हस्तान्तरण गर्ने उनले बताए ।

आर्थिक अभावका कारण अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गर्न लागेको पलको भनाई छ । अक्सिजनका सिलिन्डर किन्ने योजना पनि बनाइएको उनले बताए । पल बुधवारबाट अक्सिजनका सिलिन्डर खोज्न आफैं फिल्डमा खटिने तयारीमा छन् । अस्पतालहरूसँग समन्वय गरेर २/३ दिनमा अक्सिजन सिलिण्डर वितरण गरिने उनको भनाई छ ।

अभिनेता पल शाह कोरोनाका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दैछन् । केही दिनमा खाद्यन्न लिएर बागलुङको एउटा गाउँमा जाने तयारी भएको उनले बताए । यसअघि लकडाउनको समयमा पलले रोजगारी गुमेर विहान बेलुका हातमुख जोर्न समस्या भएका चलचित्रका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu