२६ वर्षमा लागे सलिनमान



‘स्टाइलिस अभिनेता’ को रुपमा चिनिएका सलिनमान बनियाँ बुधवारबाट २६ वर्षमा प्रवेश गरेका छन् । २०५२ साल बैशाख २२ गते काठमाडौंमा जन्मिएका उनलाई सामाजिक सञ्जालको माध्यमबाट चलचित्रकर्मी र प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । गायक जस्टिन बिबरका डाइहार्ट फ्यान रहेका उनले काठमाडौंको युनिग्लोब कलेजबाट बिबिए गरेका हुन् ।

चलचित्र ‘ए मेरो हजुर २’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनी पहिलो चलचित्रबाटै स्टारको रुपमा उदाएका थिए । तर, डेब्यू चलचित्रको छायांकनको क्रममा भोगेका कठिनाई सम्झिएर उनी अब चलचित्र नगर्ने अडानमा बसेका थिए । ‘ए मेरो हजुर २’ रिलिजपछि उनले अफर आएका अनगिन्ती चलचित्र लत्याए । यसैक्रममा उनलाई चलचित्र ‘यात्रा’ अफर भयो । कथावस्तु र आफ्नो भूमिका मनपरेपछि उनले चलचित्र छाड्न सकेनन् ।

तर, ‘यात्रा’ ले उनको साख जोगाउन सकेन । चलचित्र बक्सअफिसमा नराम्रो पिटियो । यद्यपि, सलिनमानको अभिनय र एक्सनको भने केही हदसम्म तारिफ भएको थियो । यो चलचित्रपछि उनले नयाँ चलचित्र साइन गरेका छैनन् । उनी अब आफूलाई चित्त बुझ्ने स्क्रिप्टबाट अफर आए मात्र चलचित्रमा काम गर्ने सोचमा छन् । ‘यात्रा’ पछि उनले पिताको व्यवसायलाई सम्हाल्दै आएका छन् ।

मिडियामा सलिमानको लभ लाइफको पनि निकै चर्चा हुने गरेको छ । चलचित्रमा प्रवेश गर्नुभन्दा अगावैदेखि उनी प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा छन् । उनीहरु विवाह गर्ने तयारीमा समेत रहेको बुझिएको छ । केही समय अगाडि उनले इन्स्टाग्राममा एक फ्यानले विवाहको बारेमा सोधेको प्रश्नमा अस्प्रिनासँग चाँडै विवाह गर्न लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu