फेरि अस्पताल भर्ना भए मदनकृष्ण श्रेष्ठ



कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेका कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको हो । आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार घर फर्किएका उनलाई भोलिपल्टै अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् । अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ ।

अक्सिजन लेवल ८४ मा झरेपछि अस्पतालमा भर्ना गरिएको सरानाले बताइन् । श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको उनले बताएकी छन् । मदनकृष्णको हाल सामान्य सपोर्टमा उपचार भइरहेको छ । श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको छैन । उनका परिवारको पाँचै जनामा कोरोना संक्रमण देखिएको छ ।

८ दिन मेडिसिटी अस्पतालमा उपचार गरेर डिस्चार्ज भएपछि उनले फेसबुकमा एक भिडियो साझेदार गर्दै संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न सुझाएका थिए । अहिलेको कोरोनाले इनर्जी पावर शुन्य बनाउने उनले बताएका थिए । कोरोना संक्रमणपछि जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu