गायक प्रेमध्वज प्रधानको निधन



संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीवार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई तीन दिन अगाडि न्यूरो अस्पताल भर्ना गरिएको थियो । नेपाली सांगितिक क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधानको ८३ वर्षको उमेरमा निधन भएको हो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका थिए । उनले नेपाली चलचित्र ‘जीवन रेखा’ मा ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ लगायतका गीत पनि गाएका थिए । उनको ‘तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइदिउँला’, ‘पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu