फिमेल भर्सनमा ‘रेलको बाटो’ (भिडियो)



कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको कथा व्यथामा आधारित रहि तयार भएको गीत
‘रेलको बाटो’को फिमेल भर्सन सार्वजनिक भएको छ । यसअघि मेल भर्सनमा आईसकेको यो गीतले लाखौं दर्शकको साथ पाएको छ ।

मेल भर्सनमा संगीतकार सुरज पण्डितले नै स्वर दिएका थिए भने फिमेल भर्सनमा स्मृति शाहीको स्वर रहेको छ । गीतका शब्द रचनाकार लेखराज गिरी हुन् ।

मेल भर्सनको भिडियोबाट बाँकी रहेको कथामा फिमेल भर्सनको गीतको भिडियो बनाईएको छ । यस प्रकारको प्रयोग नौलो हो । लक्ष्मण सुनारले निर्देशन गरेको भिडियोमा चिरन्जिबी सापकोटा, सरस्वति खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ ।

हुम्लामा नै पुगेर छायांकन गरिएको यस भिडियोका डिओपी अरुन अशोककुमार हुन् भने पदम सुवेदीले सम्पादन गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu