हमाल भन्छन्, ‘कोरोनाले मानवजातीलाई ठूलो पाठ सिकाएको छ’



अभिनेता राजेश हमालले कोरोना महामारीबाट नेपाली जनतालाई पार लगाउन सरकारसँगै सम्पूर्ण राजनीतिक दलको ध्यान दिनुपर्ने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा आधा घन्टा आफ्ना शुभचिन्तकहरुसँग लाइभ कुराकानी गर्दै उनले सरकारले आफ्नो सक्षमता र प्रभावकारिता देखाउने उचित समय आएका कारण यसमा गम्भीर हुन आग्रह गरेका छन् ।

उनले भने, ‘सरकारले आफ्नो सक्षमता र प्रभावकारिता देखाउने मौका यही हो । त्यसैले सरकारको ध्यान अहिले महामारीबाट नेपाली जनतालाई कसरी पार लगाउने भन्नेमै जाओस् । सरकारको मात्र नभएर अन्य राजनीतिक व्यक्तिहरुले पनि तिता-मिठा, खटपटलाई थाती राखेर यो चुनौतीको पार लगाउन सम्पूर्ण ध्यान दिनुपर्छ । राजनीतिक खटपटका कुराहरु गर्ने समय आउँछन् ।’

कोरोनाको पहिलो लहरले यूरोप, अमेरिका लगायतका देश जस्तो नेपाललाई खासै प्रभाव नपारे पनि अहिले टेवुल भारत र नेपालतर्फ घुमेका कारण यो नाजुक परिस्थितिमा सुरक्षित भएर बस्न उनले आग्रह गरे । उनले अगाडि भने, ‘कोरोनाले संसारभरका मानवजाती एकआपसमा गाँसिएका छौं भन्ने ठूलो पाठ सिकाएको छ । त्यसैले हामीले सबैको हितका लागि काम गर्नुपर्ने हुन्छ ।’

मानवजाती भएपछि विभिन्न चुनौतीको सामना गरेर अगाडि बढ्नु पर्ने पनि उनले बताए । महामारीको समयमा नेपाली जनतालाई गाँस-बासको चुनौती भए पनि आफ्नो मनोबललाई उच्च पार्नुपर्ने उनको सुझाव छ । उनले स्वर्गीय गायक प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जली पनि अर्पण गरे । हमाल अहिले ४ वर्षपछि कमब्याक गर्न लागेको चलचित्र ‘सत्यम्’ को तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu