अक्सिजन किन्न र खाना बाँड्न श्वेता-विजयन्द्रको सहयोग



नेपालमा कोरोना संक्रमण उकालो लाग्दो छ । दिनमै दश हजारको आसपासमा संक्रमण देखिन थालेपछि देशभरका अस्पताल संक्रमितले भरिन थालेका छन् भने अक्सिजनको खपत ह्वात्तै बढेको छ । यतिबेला अस्पतालहरुमा अक्सिजनभन्दा अक्सिजन भर्ने सिलिन्डरको चर्को अभाव देखिएको छ । यस्तो अवस्थामा नेपाली कलाकारहरुले सहयोगी हात अगाडि आउन थालेका छन् ।

अभिनेता पल शाहले केही दिनदेखि अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । यसका लागि उनी आफैं फिल्डमा खटिएका छन् । उनले अक्सिजन खरिदका लागि हाम्रो टिम नेपाललाई २ लाख सहयोग पनि गरेका छन् । निखिल उप्रेतीसहितको समुहले पनि अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

यसैक्रममा, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेका छन् । निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो । मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उनले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu