‘महानगर’ अमेरिकामा प्रिमियर हुने



भारतको ‘कोलकाता फिल्म फेस्टिभल’ मा वल्र्ड प्रिमियर भएको नेपाली चलचित्र ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’ मा छनोट भएको छ । चलचित्रका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले सोही फेस्टिभलमा चलचित्र प्रिमियर हुने जानकारी दिएका छन् । विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय चलचित्रमध्येबाट ‘महानगर’ फेस्टिभलमा छनोट भएको हो ।

यो फेस्टिभलको २४औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ । चलचित्रका निर्देशक मोहन राई हुन् । यसअघि उनले तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा ‘अञ्जली’ र छोटो फिल्म ‘सखी’ बनाएका थिए । अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तनको कथामा चलचित्र निर्माण भएको हो ।

चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ । निर्देशक मोहन राई स्वयंको कथा लेखन रहेको चलचित्रको कार्यकारी निर्मातामा गोविन्द पराजुली छन् । माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्को ब्यानरमा निर्मित यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu