रेखा भन्छिन्, ‘अहिले दर्शकको प्राथमिकता चलचित्र होइन’



अभिनेत्री रेखा थापा नयाँ चलचित्रको तयारीमा जुटेको २ वर्षभन्दा बढी भइसकेको छ । तर, कोरोना भाइरसका कारण चलचित्रको छायांकन सुरु हुन सकेको छैन । चलचित्रमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अब रेखाले वातावारण सहज नभएसम्म चलचित्र निर्माण नगर्ने भएकी छन् । अहिले दर्शकको प्राथमिकता चलचित्रभन्दा गाँसबास र स्वास्थ्य रहेको उनको भनाई छ ।

आइतवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को छलफल कार्यक्रममा बोल्दै उनले भनिन्, ‘नेपाली चलचित्र हेर्ने भनेको सबै कामकाजी व्यक्तिहरु नै हुन् । आर्थिक अवस्था कमजोर हुने व्यक्तिहरुले कोरोना महामारीका कारण धेरै कुरा गुमाउनु परेको छ । त्यसैले जबसम्म दर्शकको प्राथमिकतामा मनोरञ्जन पर्दैन तबसम्म चलचित्र बनाउँदिनँ । मैले तत्कालाई प्रोजेक्ट नै ड्रप गरेको छु ।’

यो समयमा चलचित्र रिलिजका लागि डिजिटल प्लेटफर्म वैकल्पिक साधन भए पनि तत्काल नेपालमा सम्भव नभएको उनको तर्क छ । उनी भन्छिन्, ‘डिजिटल प्लेटफर्म वैकल्पिक प्लेटफर्म हुनसक्छ तर सबैको पहुँचमा पुग्न पनि त सक्नु पर्‍यो ! डिजिटल प्लेटफर्म प्रयोग गर्न जान्नेहरुलाई सहज होला तर हाम्रा दर्शक अन्य ठाउँमा पनि छन् । मेरो मान्यता चलचित्र सिनेमा हलमा नै लगाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu