चलचित्र रिलिजका लागि ओटीटी प्लेटफर्म सेकेन्डरी मार्केट : अशोक शर्मा



कोरोना महामारीपछि विश्वमा चलचित्र रिलिजका लागि ओटीटी प्लेटफर्मतर्फ आकर्षण बढ्दो छ । तर, निर्देशक अशोक शर्माले ओटीटी प्लेटफर्म सेकेन्डरी मार्केटका लागि मात्र ठिक हुने बताएका छन् । चलचित्र थिएटरको कल्चर रहेको उनको भनाई छ । उनी भन्छन्, ‘ओटीटी प्लेटफर्ममा संसारभर एकसाथ चलचित्र हेर्न पाइन्छ तर यो सेकेन्डरी मार्केट मात्र हुनसक्छ । पहिलो प्राथमिकताको मार्केट सिनेमा हल नै हो ।’

आइतवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘कोभिडपछिको चलचित्र बजार’ शीर्षकमा बोल्दै उनले कोरोनाले चलचित्र क्षेत्रलाई १० वर्ष पछाडि धकेल्ने बताए । कोरोनाले गर्दा दर्शकको हलमा गएर चलचित्र हेर्ने बानी हराएका कारण चलचित्र क्षेत्र पुरानो अवस्थामा फर्किन सहज नभएको उनको भनाई छ ।

उनी भन्छन्, ‘कोरोनाले सिनेमा हेर्ने दर्शकको बानीमा ब्रेक लागेको छ । स्थिति सामान्य भएर चलचित्र प्रदर्शन हुन थाल्यो भने पनि केही समय दर्शक हलमा आउँदैनन् । सिनेमा हलमा दर्शक ल्याउनका लागि हामीले एकदमै ठूलो मिहिनेत गर्नुपर्छ ।’

कोरोनाले निर्माण सकेर रिलिजको तयारीमा रहेका चलचित्रका निर्माता बढी मारमा परेको उनको भनाई छ । कोरोनापछि सिनेमा हलको अवस्थाबारे उनले भने, ‘कोरोनाले सरभाइभ हुने अवस्था नभएपछि जय नेपाल हल सधैंका लागि बन्द भयो । कोभिडपछि देशभर २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् । यस्तै अवस्था रहे मल्टीप्लेक्सहरु पनि टिक्ने अवस्थामा छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu