अभिनेत्री श्वेता भट्टराईका श्रीमानको निधन



अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको कोरोना भाइरसका कारण निधन भएको छ । उनको उपचारको क्रममा चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको जानकारी प्राप्त छ । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो ।

अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।

‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेकी श्वेता बैबाहिक जीवनमा बाँधिएपछि भने सक्रिय अभिनय जीवनबाट टाढा भएकी थिइन् । चलचित्रकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट मिलनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu