नेपाली अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको भोजपुरी चलचित्र ‘प्रेम गीत २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ट्रेलरमा शिल्पा राम्रै छाएकी छन् । चलचित्रमा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डे (चिन्टु) सँग बाँधिएको छ । चलचित्रमा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् । उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ ।

नेपालको पोखरा आसपास खिचिएको चलचित्रलाई नेपाली मुलका सोनु खत्रीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको ट्रेलर हेर्दा नेपाली फिल्म ‘प्रेमगीत’ को झल्को आउँछ । सोनु खत्री स्वयंले चलचित्रको निर्माण गरेका हुन् ।
रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको चलचित्रमा छायाँकारदेखि कोरियोग्राफरसम्म नेपालकै छन् । हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समिर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको चलचित्रको कथा एवी मोहनको हो ।
ट्रेलर हेर्नुहोस् :-