अनाथ बालबालिकालाई अनुपको सहयोग



अभिनेता अनुप विक्रम शाहीले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । गत वर्ष कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई उनले निःशुल्क खाना वितरण गरेका थिए । उनले एक वर्षदेखि धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा आश्रित बालबालिकालाई पनि सहयोग गर्दै आएका छन् ।

अघिल्लो वर्ष उनले आफ्नो जन्मदिन समेत सोही बालआश्रममा मनाएका थिए । सो अवसरमा उनले खाद्यन्नसँगै ६ थान ल्यापटप सहयोग गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि राहतको आशमा बसेका बालबालिकालाई अनुपले फेरि सहयोग गरेका छन् । आश्रमका ३२ जना बालबालिकालाई उनले मंगलवार डेढ महिनासम्म पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

गत वर्ष जन्मदिन मनाउने क्रममा आश्रममा रहेका बालबालिकाहरुको अभिभावक बन्ने प्रण गरेका कारण आफूले नियमित रुपमा बालबालिकाको निगरानी गर्दै आएको अनुप बताउँछन् । उनले गत वर्ष उक्त आश्रमलाई तीन-तीन महिनामा खाद्यन्न लगायतका सामाग्री सहयोग गर्ने वचन दिएका थिए । यो कठिन समयमा समस्या रहेका व्यक्तिहरुलाई सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu