सरकारलाई तारिफ चाहिएको छ, जनतालाई अस्पतालमा बेड : जीतु नेपाल



हास्य कलाकार जीतु नेपालले महामारीको समयमा जनता अक्सिजन नपाएर अस्पतालमा छट्पटिरहेको अवस्थामा नेताहरुलाई भने भागबन्डा र कुर्सी चाहिएको भन्दै आक्रोश पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै जनतालाई अस्पतालमा बेड, अक्सिजन, उपचार, राहत र हौसला चाहिएको बेला सरकारलाई तारिफ, गुनगान र चाकडी चाहिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेताहरुलाई सहमति चाहिएको छ, कुर्सी चाहिएको छ, भागबन्डा चाहिएको छ । यस्तो विपतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडी, तानातान, तछाड मछाड छ । सहमती भन्या छ, करोडौंको गाडिमा अगाडि पछाडि सुरक्षाको लर्को लिएर हिँड्या छ, घरघर पुग्या छ, बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ, अब मेरो पालो भन्या छ ।’

उनी नेतालाई प्रश्न गर्दै अगाडि लेख्छन्, ‘सबैलाई मेरो एउटा प्रश्न- देशमा यति विपत परेको बेला यस्ता बेहोरा देखाउँदा भोली जनताले जिताउलान् भन्ने छ ?’ उनको स्टाटसमा धेरैले सरकार र नेताको आलोचना गरेका छन् । निषेधाज्ञापछि ‘मुन्द्रेको कमेडी क्लब’ अनिश्चिलकालका लागि रोकेर घरमै बसेका जीतुले समसामयिक विषयमा व्यंग्यात्मक र सटिक टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu