मन्त्रालयले भन्यो- ‘सेन्सर गरेर मात्रै ‘राधे’ नेपालमा रिलिज गर्नु’



भारतसँगै संसारका ४० बढी देशमा सिनेमा हल र ओटीटी प्लेटफर्ममा बिहीवारबाट एकसाथ रिलिज भएको अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा चलचित्र रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि सेन्सर नहुँदासम्म चलचित्रको नेपाल रिलिज रोकिएको छ । यो चलचित्रको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले खरिद गरेको हो । नेपालका सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । तर, डिजिटल प्लेटफर्म सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले नै गर्छ ।

सेन्सर नगरी चलचित्र रिलिज गरे कानुनी कारवाही गरिने मन्त्रालयले जनाएको छ । प्रभु देवा निर्देशित चलचित्र ‘राधे’ लाई नेपाली दर्शकले ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा हेर्न पाउनेछन् । यो चलभित्र हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu