राजारामले गरे अक्सिजन किन्न आर्थिक सहयोग



देशमा अक्सिजनको अभाव हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन् । अभिनेता पल शाह केही दिनदेखि कोरोनाका बिरामीलाई अक्सिजन ग्यास उपलब्ध गराउन दिनरात खटिरहेका छन् । निखिल उप्रेतीसहितको टिमले पनि आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीलाई अस्पतालसम्म जान निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् ।

यसैक्रममा, हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् । उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि बिहीवार एक लाख सहयोग गरेका हुन् । दर्शक कलाकारको अन्नदाता भएका कारण दर्शकको जीवन बचाउन आफूले सहयोग गरेको उनले बताएका छन् ।

अहिले पैसाका कारण भन्दा पनि अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको उनको भनाई छ । उनले फेसबुकमा लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजननै चाहिँने रहेछ । त्यसैले अक्सिजनको व्यवस्था गर्न राष्ट्रिय आविस्कार केन्द्रलाई आफूले सकेको सहयोग गरेको छु । पैसाले स्वास फेर्न सकिन्न, स्वास फेर्न अक्सिजन नै चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu