हिन्दी सिरिज ‘द लास्ट आवर’ मा रोबिन तामाङ



रक गायक तथा कलाकार रोबिन तामाङले अभिनय गरेको हिन्दी सिरिज ‘द लास्ट आवर’ शुक्रवारबाट ओटीटी प्लेटफर्ममा प्रिमियर भएको छ । ‘पे पर भ्यू’ मार्फत् अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा छन् । उनलाई सिरिजको ट्रेलरमा भने स्थान दिइएको थिएन । अलौकिक क्राइम थ्रिलर सिरिज आठ एपिसोड लामो छ ।

सिरिजमा रोबिन यामानाडु नामको तान्त्रिकको भूमिकामा छन् । भारतको उत्तरपूर्वी राज्य (सिक्किम) को पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा भएको हो । सिरिजमा भारतमा बस्ने थुप्रै नेपाली कलाकारहरुको अभिनय रहेको छ । आइएमडिबीमा सिरिजलाई १० मा ८ रेटिङ मिलेको छ । अर्थात्, सिरिजलाई दर्शक तथा समीक्षकले रुचाएका छन् ।

सिरिजको निर्देशन अमित कुमारले गरेका हुन् । उनले यसअघि इरफान खानसँग ‘बायपास’, नवाजुद्दीन सिद्दीकीसँग ‘मनसून शूटआउट’ चलचित्र बनाइसकेका छन् । सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको पनि मुख्य भूमिका छ । ५/६ एपिसोडमा समेट्न सकिने कथा निर्देशक अमितले जबरजस्ती लम्ब्याएर ८ एपिसोडको बनाएको समीक्षकको भनाई छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu