बाहिरतिर हिँडेकै कारण कोरोना लाग्यो : वर्षा राउत



कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ सय भन्दा बढीले दैनिक ज्यान गुमाएका छन् । नेपाली चलचित्रकर्मीहरु पनि यसको चपेटामा परेका छन् । निर्देशक चेतन कार्कीको कोरोनाकै कारण आइतवार निधन भयो । मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, ऋषि लामिछाने दाम्पति, वर्षा राउत, शिल्पा मास्के लगायत कोरोनालाई परास्त गर्न लडिरहेका छन् ।

कोरोना पुष्टिपछि होम आइसोलेसनमा रहेकी अभिनेत्री वर्षा राउतले आइतवारबाट आफ्नो गन्ध र स्वाद फर्किएको बताएकी छन् । कोभिड भएपछि केही डर लागेको भए पनि आफ्नो स्वास्थ्यमा कुनै गम्भीर समस्या नदेखिएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । दोस्रो पटक पीसीआर परीक्षण गर्ने तयारीमा रहेकी उनले कोरोनालाई जित्न मनोबल उच्च बनाउन आग्रह गरेकी छन् ।

उनले आफ्नै लापरवाहीले कोरोना लागेको पनि स्वीकार गरेकी छन् । उनले भनेकी छन्, ‘बाहिरतिर हिँडेकै कारण मलाई कोरोना लागेको हो । म केयरलेस भएको थिएँ । यद्यपि, कोरोना पोजेटिभ देखिएपनि त्यस्तो डरलाग्दो लक्षण देखिएन । अक्सिजन लेभर, पल्स रेट सबै नर्मल थियो । रुघाखोकी लागे पनि शरीर दुख्ने, ज्वरो आउने केही भएन । यसमानेमा आफूलाई भाग्यमानी ठान्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu