कोरोनासँग लडिरहेका निर्देशक लामिछाने लेख्छन्, ‘असाध्यै असहज र पीडादायी’



यतिबेला निर्देशक ऋषि लामिछानेको सिंगो परिवार नै कोरोना भाइरसको संक्रमणसँग लडिरहेको छ । कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापासीस्थिति ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिएको छ ।

चार दिनदेखि अस्पतालमा उपचारार्थ लामिछानेले मंगलवार आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । अस्पतालको कोठाको चारवटा भित्ताले घरी घरी पीडा दिने गरेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरिर, मन र मुटु मात्र हुन्छ, यहाँ त सपना पनि, विपना पनि, कल्पना पनि सबै दुख्दो रैछ । पूरा जीवन दुखेको छ ।’

कोभिडको खोप लगाएर स्वास्थ्य लाभ गरिरहेका उनी अगाडि लेख्छन्, ‘अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी हस्पिटलको नबौं तल्लाबाट बाहिर हेर्दै चिच्याएर कराउन मन लागेको छ । बिहानै हेरचाह गर्ने बहिनीले भनिन् पल्लो कोठामा कोरोनासँग लड्दै गरेका एकजना दाईले भन्नुभयो रे- कहिले काहिँ मृत्युभन्दा जीवन असहज लाग्दो रैछ ।’

उनको स्टाटसमा चलचित्रकर्मीहरुले मनोबल उच्च बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । ‘हाम्रो माया जुनी जुनीलाई, हवल्दार सुन्तली, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमती’ लगायतका चलचित्र निर्देशन गरेका लामिछानेले ‘हवल्दार सुन्तली’ पछि नयाँ चलचित्रको निर्देशन गरेका छैनन् । उनी पारिवारिक विषयवस्तुमा चलचित्र बनाउन माहिर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu