चलचित्रकर्मी शाहको एनआरएनए न्यूयोर्कको सचिव पदमा उम्मेदवारी



‘प्रेम गीत, चंखे शंखे पंखे र मेरी मामु’ चलचित्रका निर्माता रेशम जंग शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न न्यूयोर्क राज्यको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका उनले एनआरएनएमा हुने गरेका विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संगठनलाई अनुशासित र मर्यादित बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

विदेशी भूमिमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुको सहयोगका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । अमेरिकामा बसेर पनि नेपाली भाषा, साहित्य, संस्कृति र संस्कारको संरक्षणका लागि आफूले भूमिका खेल्ने रेशमको प्रतिबद्धता छ । नेपाली चलचित्रलाई अमेरिका, यूरोप लगायतका अन्य देशमा सहज रुपमा प्रदर्शन गर्न आफूले पहल गर्ने उनले बताएका छन् ।

रेशम समाजसेवामा पनि सक्रिय छन् । उनले २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोक र काभ्रेमा तामाङ, मगर तथा दलित समुदायका लागि ५२ वटा अस्थायी आवास निर्माण गर्नुका साथै गोरखा, लमजुङ, तनहुँ र नुवाकोटका पीडितलाई राहत सामग्री वितरण गरेका थिए । उनले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा दरबार कृषि तथा पशुपक्षी फर्म पनि सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu